Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विशेषज्ञ चिकित्सकको नतिजा सार्वजनिक


    आइतबार, मंसिर १४ २०७७
    840
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल मेडिकल काउन्सिल विशेषज्ञ तहको चिकित्सकहरुको लाइसेन्स परीक्षाकाे परीक्षाफल सार्वजनिक गरेकाे छ । परीक्षामा ७३ दशमलव ३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

    काउन्सिलले शुक्रबार र शनिबार ५ चरणमा दर्ता प्रमाणपत्र लाइसेन्सको परीक्षा लिएको थियो । काउन्सिलले लिएको परीक्षामा ८ सय ३९ जना सहभागी भएका थिए भने ६ सय १५ जना मात्रै उत्तीर्ण भएका छन् ।

    सहभागीमध्ये २ सय २४ जना अनुत्तीर्ण भए भने ४ जना अनुपस्थित र १ जनाको परीक्षा स्थगित गरिएको नेपाल मेडिकल काउन्सिलले जनाएको छ ।

    यस्तै काउन्सिलले नर्सिङ तथा मिडवाइफहरुको दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षाको पनि नतिजा प्रकाशन गरेको छ । काउन्सिलले शनिबार लिएको परीक्षामा नर्सिङ तर्फका ४९ दशमलव २९ प्रतिशत उत्तीर्ण भएका छन् ।

    यस्तै मिडवाइफतर्फ भने ६६ दशमलव ६६ प्रतिशत उत्तीर्ण भएका छन् । १ हजार २ सय ७० जना नर्सिङ परीक्षामा सहभागी भएका थिए भने ६ सय २६ जना उत्तीर्ण भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार