Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चिनियाँ रक्षामन्त्रीलाई स्वागत गर्न पुगेका नेपाल पक्राउ


    आइतबार, मंसिर १४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेकाे छ । चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ्गेलाई स्वागत गर्न पुगेका ग्रेटर नेपालका अध्यक्ष नेपाललाई प्रहरीले त्रिभुवन विमानस्थलबाट ‘ग्रेटर नेपाल’ को ब्यानर सहित पक्राउ गरेको हो ।

    उनलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ । चिनियाँ रक्षामन्त्री वेईको भ्रमणलाई लक्षित गरेर सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाएको छ ।

    भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगलाले नेपाल भ्रमण गरेको दुई दिनपछि वेईको नेपाल भ्रमण हुन लागेकोमा यसलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार