काठमाडौं । पाँच पार्टीको गठनबन्धनमा मधेश प्रदेशको मुख्यमन्त्री भएका सतिशकुमार सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । शुक्रबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका सिंहले एमालेबाट ४, माओवादीबाट २, एकीकृत समाजवादीबाट २, नेपाल समाजवादी पार्टीबाट १, नागरिक उन्मुक्तिबाट १ र तीन जना राज्यमन्त्री नियुक्त गरेका छन् ।
एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, शिक्षा तथा संस्कृति मन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन सिंह र खेलकुद तथा समाज कल्याण मन्त्रीमा प्रमोद जयसवाल नियुक्त भएका छन् ।
त्यस्तै, नेकपा माओवादी केन्द्रबाट भरतप्रसाद साह अर्थमन्त्री र युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री नियुक्त भएका छन् ।
नेकपा एकीकृत समाजवादीबाट गोविन्दबहादुर न्यौपाने भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री र बेची लुंगेली ऊर्जा तथा सिंचाइ मन्त्री नियुक्त भएका छन् ।
नेपाल समाजवादी पार्टीका बिमला अंसारी तरन्नुम गृह सञ्चार तथा कानुन मन्त्री बनेका छन् । यता नागरिक उनमुक्तिका उर्मिलादेवी सिंह श्रम तथा यातायता मन्त्री बनेका छन् ।
मधेश प्रदेशको मन्त्रिपरिषदमा तीन जना राज्यमन्त्री भएका छन् । एमालेबाट स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री शारदा थापा, शिक्षा तथा संस्कृत राज्यमन्त्री केशव राय र जनमतकी रञ्जु खङ्ग विना विभागीय राज्यमन्त्री बनेका छन् ।
पाँच दलका ५५ सांसदको समर्थनमा सिंह मधेश प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका हुन् । यसअघि उपेन्द्र यादव नेतृत्वको जसपाका मुख्यमन्त्री सरोज यादवले विश्वासको मत नपाएपछि मधेश सरकार ढलेको थियो ।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप–३१) को उदघाटन सत्रलाई सम्बोधन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कार्यकर्ता व्यवस्थापनमा सकस परेको छ। स्थानीय तहको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend