Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उद्योग बाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि मतदान जारीः ढकाल र प्रधानबीच प्रतिस्पर्धा


    शनिबार, मंसिर १३ २०७७
    905
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । उद्योग बाणिज्य महासंघको नयाँ कार्यसमितकिा चयनका लागि मतदान भइरहेको छ । महासंघको साधारणसभा बिहीबारदेखि सुरु भएको हो । महासंघको वरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकाल र किशोर प्रधानका बीचमा तीव्र प्रतिस्पर्धा छ । महासंघको साधारणसभामा दुवै प्रत्यासीहरु प्रतिनिधिहरुसँग मत माग्न तल्लीन छन् ।

    एशोसिएट सदस्य ढकालले कार्की व्यांकेटबाट र बस्तुगत समूहका सदस्य प्रधानले महासंघको केन्द्रीय कार्यालय टेकुबाट मतदान गर्दैछन् । कोरोना संक्रमणका कारण सामाजिक दूरी कायम राख्न महासंघले तीन ठाउँबाट मतदानको ब्यवस्था गरेको छ ।  केन्द्रीय कार्यालय टेकु, कार्की व्याङ्केट बबरमहल र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा महासंघका प्रतिनिधिका लागि मतदान गर्ने ब्यवस्था गरिएको छ ।

    कमलादीमा उद्योग वाणिज्य समूह, बबरमहलमा एशोसिएट सदस्य समूह र टेकुमा बस्तुगत संघ समूहका सदस्यले मतदान गर्नेगरी तोकिएको छ । महासंघले कोरोना संक्रमित मतदाताका लागि प्रज्ञा प्रतिष्ठानमा ब्यवस्था गरेको छ । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने छन् । त्यही भएर महासंघमा बरिष्ठ उपाध्यक्षबीच नै प्रतिस्पर्धा हुने गर्दछ । बरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने प्रावधान अनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्नेछन् । गोल्छापछिको अध्यक्षका लागि ढकाल र प्रधान को हुने भन्ने तय आजको निर्वाचनले गर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार