Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एक्जिट पोल नमिलेपछि लाइभ शो मै रोए…


    मंगलबार, जेष्ठ २२ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । भारतीय लोकसभा निर्वाचनको मत णना जारी रहेको छ ।

    मतगणना जारी रहेको बेला एक्जिट पोल नमिलेपछि इन्डिया एक्सिस एक्जिट पोलका प्रमुख प्रदीप गुप्ता लाइभ टिभीमै रोएका छन् । इन्डिया टुडे टिभीको लाइभ प्रशारणमै उनले एक्जिट पोलको क्रममा गल्ती भएको भन्दै रोएका हुन् । उनले उत्तर प्रदेश, पश्चिम बंगल र महाराष्ट्रमा आफ्नो एक्जिट पोल नमिलेको बताए ।

    एक्सिस इन्डिया भारतको निर्वाचनमा सटिक अनुमान गर्ने एक्जिट पोल मानिन्छ तर यसपटक भने एक्सिस इण्डियाले एनडीएले ३६० देखि ४०१ सीट जित्ने आँकलन गरेको थियो ।

    तर अहिलेसम्मको मत गणनामा एनडीए २९५ सिटमा मात्र अगाडी रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार