Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ब्राजिलका राष्ट्रपति बोल्सोनारोले कोरोनाको खोप नलिने


    शुक्रबार, मंसिर १२ २०७७
    1000
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले कोरोनाभाइरसविरुद्धको खोप प्रयोगमा आएपनि आफूले भने प्रयोग नगर्ने घोषणा गर्नुभएको छ ।

    आफ्नै सरकारले त्यसलाई ग्रहण गर्ने निर्णय गरेपनि आफूले त्यसलाई ग्रहण नगर्ने उहाँले बिहीबार घोषणा गर्नुभएको हो ।  

    सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिएको भिडियोमा उहाँले भन्नुभएको छ, “म तपाईहरूलाई भन्छु की म त्यो (खोप) लिन्न । यो मेरो अधिकार हो ।”

    ब्राजिलमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये एक लाख ७० हजारभन्दा बढीको मृत्यु भएको छ ।

    मृतकहरुको यो सङ्ख्या अमेरिकापछि विश्वमै सवैभन्दा धेरै हो । कोरोनाका कारण भएको मानवीय क्षतिको हिसावले ब्राजिल दोस्रो क्रममा रहेको छ । 

    अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये दुई लाख ६९ हजार ५७९ जनाको मृत्यु भएको छ । 

    सङ्क्रमितको सङ्ख्याको हिसावले दोस्रोमा रहेको भारत भने मृतकहरुको सङ्ख्याका आधारमा तेस्रोमा रहेको छ । भारतमा कोरोनाका कारण मृत्यु भएको भनिएकाहरुको सङ्ख्या अहिलेसम्म एक लाख ३५ हजार ७५२ रहेको छ ।

    विश्वमै दोस्रो धेरै मानवीय क्षति बेहोरेको मुलुक भएर पनि राष्ट्रपति बोल्सोनारोको अडान गलत भएको भन्दै धेरैले उहाँको आलोचना गरेका छन् ।

    कोरोनाभाइरसको नियन्त्रणका लागि सरकारले गरेको कडाइप्रति उहाँले असहमति र असन्तुष्टि जनाउदै आउनुभएको छ । 

    उहाँले मास्क लगाउनु नपर्ने, सामाजिक दुरी काम गर्नु नपर्ने र कुनै सतर्कताको आवश्यकता नभएको दावी पनि गर्दै आउनुभएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार