Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा वृद्ध पक्राउ


    शुक्रबार, मंसिर १२ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । सप्तरीमा बालिकामाथि यौन दुव्र्यबहार गरेकाे अभियाेगमा एक वृद्ध पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा ७६ वर्षका लक्ष्मी महतो रहेका छन्।

    तिरहुत गाउँपालिका–५ लोहजारामा ७ वर्षकी बालिकालाई स्थानीय महतोले बलात्कार प्रयास गरेको उजुरी प्रहरी कहाँ पुगेको छ ।

    गाउँकै बालिकालाई घरमा बोलाएर दूधभात खान दिएर उनले बलात्कारको प्रयास गरेका इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डीएसपी नरेश सिंहले बताए ।  

    तिरहुत ५ का वडा अध्यक्ष रमानन्द चौधरीले महतोले बालिकालाई घरमा बोलाएर दूध भात खान दिई उनको कपडा खोलेको बताए । बालिका चिच्याउन थाल्दा स्थानीयहरु गएर बालिकाको उद्धार गरेको उनले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार