Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज काठमाडौं उपत्यकामा ८२२ संक्रमित थपिए


    शुक्रबार, मंसिर १२ २०७७
    630
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७९ महिला र ४४३ महिला गरी ८२२ जना कोरोना संक्रमित थपिएका छन्।

    योसँगै उपत्यकामा एक लाख ७ हजार १२४ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५९९ , ललितपुरमा १६० र भक्तपुरमा ६३ जनालाई कोरोना संक्रमण देखिएको छ।

    त्यसैगरी, आज काठमाडौंमा ३, ललितपुर ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म काठमाडौंमा मात्र ८६ हजार ३७१ जना संक्रमित भएका छन्, जसमध्ये ३४२ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ७८हजार १६२ छ।

    ललितपुरमा १२ हजार ९६४ जना संक्रमित भएका छन्। जसमा १०३ जना संक्रमितको मृत्यु भएको छ भने ११ हजार ३१५ जना निको भएका छन्।
    भक्तपुरमा ७ हजार ७७८९ संक्रमितमध्ये ८९ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार ९२ जना निको भइसकेका छन्।

    आज काठमाडौमा ७ हजार ८६७, ललितपुरम १ हजार ५४६ र भक्तपुरमा ६०८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार