Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या १ हजार ४३५ पुग्याे


    शुक्रबार, मंसिर १२ २०७७
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा कोरोना एकै दिन थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

    यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहिबार पनि २३ जना संक्रमितको मृत्यु भएको थियो। 

    एकै दिन १ हजार ७ सय ३ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ। गत २४ घण्टामा १० हजार ४ सय ६० जनाको पिसिआर परीक्षण भएको छ। 

    यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १७ लाख १० हजार ४ सय ६० लाख पुगेको छ। हाल ६ सय १ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।     
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार