Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बलात्कार आरोपी सिद्धबाबालाई पुर्पक्षमै राख्ने उच्चको आदेश सदर


    शुक्रबार, मंसिर १२ २०७७
    685
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बलात्कारी बाबालाई थुनामा राख्ने उच्च अदालतको आदेश सर्वोच्च अदालतले सदर गरेको छ ।

    सर्वोच्चको आजको आदेशसँगै आफ्नै अनुयायीमाथि बलात्कार गरेको मुद्दामा उच्च अदालत बिराटनगरको आदेशले पुर्पक्षमा थुनामा रहेका चताराधामका सिद्धबाबा भनिने कृष्णदास गिरी अनिश्चितकालिन जेलमै रहने भएका हुन् ।

    आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै गिरी उच्च अदालतको आदेश बदरको माग गर्दै सर्वोच्चमा पुगेका थिए ।

    तर, सर्वोच्चका न्यायाधिशद्धय आनन्दमोहन भट्टराई र प्रकाश ढुंगानाको संयुक्त इजलाशले उच्च अदालत विराटनगरले गरेको गिरीलाई पूर्पक्षमा राख्ने आदेशलाई नै सदर गरेको हो ।

    बलात्कार आरोपमा पुर्पक्षमा रहेका सिद्धबाबालाई छुटाउन पूर्व शिक्षा सचिव विश्वप्रकाश पण्डितलगायतको दौडधूप चलेको थियो ।सेटिङ गरी बलात्कारी बाबालाई साधारण तारिखमा छुटाउन पण्डितको समूह लागि परेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार