Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • दबाबका बीच नयाँ चरणको आर्थिक सुधारका योजनासहितको बजेट ल्याएँ : अर्थमन्त्री पुन


    बुधबार, जेष्ठ १६ २०८१
    1000
    Shares
    अर्थमन्त्री वर्षमान पुन बुधबार काठमाडौँको त्रिपुरेश्वरस्थित भन्सार व्यवस्थापन गोष्ठीमा मन्तव्य राख्दै। तस्बिरः प्रदीपराज वन्त÷रासस
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले बजेट ल्याउँदा आफू दबाबमा रहेको बताएका छन् ।

    बुधबार बजेटबारे पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री पुनले यसअघिका प्रक्षेपणहरु पूरा नहुँदा आफू बजेट बनाउने क्रममा दबाबमा रहेको बताएका हुन् ।

    उनले बजेटबारे जानकारी दिंदै युवाहरुलाई विदेश पठाउन रोक्न, देशभित्रका अवसर नखोजेर सजिलै विदेश जान खोज्ने प्रवृत्तिलाई रोक्न बजेटले प्रयास गरेको बताए । आफूहरु कुनै व्यक्ति वा नेताहरुको कमजोरीलाई भन्ने भन्दा पनि हाम्रो अर्थतन्त्रको समग्र स्वरूपलाई नै समीक्षा गरेर बजेट ल्याएको दाबी गरे ।

    उनले हाम्रो छिमेकमा कस्तो अर्थतन्त्र निर्माण हुँदैछ र हाम्रो देश सुहाउँदो बजेट ल्याउने प्रयास गरेको बताए । उनले अब देशमा नयाँ चरणको आर्थिक सुधारको आवश्यकता भएको भन्दै आयोग नै गठन गरेर अगाडि जाने व्यवस्था गरेको बताए ।

    अर्थमन्त्रीले अहिले २०–२५ प्रतिशतमात्र खर्च गरेको बताउँदै अब निजी क्षेत्रलाई अगाडि बढाएर जाने नीति लिएको स्पष्ट गरे । ठुला पूर्वाधार जस्तै विमानस्थल तथा सिग्नेचर पूवाधारमा अब निजी क्षेत्रलाई पनि लगानी गर्न प्रेरित गर्ने व्यवस्था बजेटमा गरेको बताए ।

    अर्थमन्त्री पुनले प्रदेशको विशेषता अनुसारको कार्यक्रम ल्याइएको बताए । बजेटमा कोशीलाई उद्योग, बागमतीमा सूचना प्रविधि, गण्डकीलाई पर्यटक, लुम्बिनीलाई साना तथा मझौला उद्योग, कर्णालीलाई जडिबुटी र सुदूरपश्चिममा धार्मिक पर्यटन केन्द्रको रुपमा विकास गर्ने योजना बजेटमा ल्याएको बताए ।

    अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्षका लागि कूल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट पेश गरेका छन् ।

    अर्थमन्त्री पुनले संसदमा बजेट सार्बजनिक गर्दै  कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत गरेका हुन् । गत बर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो ।

    अर्थमन्त्री पुनका अनुसार कूल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत रहेको छ भने पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड १९.७४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार