Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • बेलायतमा रेष्टुरेन्ट ब्यवसायमा सफल शर्मा दाजुभाइ, फ्रेन्चाइज बिस्तार गर्दै


    बुधबार, जेष्ठ १६ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं ।  लण्डनमा हुर्केका नेपाली मूलका दाजुभाइ समीर शर्मा र सबिन शर्माले केही दिनअगाडि साउथवेस्ट लण्डनस्थित बाल्हाम हाइरोडमा‘ स्क्वीज्ड’ नामको नयाँ रेष्टुरेन्ट संचालनमा ल्याएका छन् ।

    बेलायतमा नेपालीले रेष्टुरेन्ट खोल्ने र व्यवसाय गर्ने कुरा नौलो होइन तर फरक कन्सेप्ट र ब्राण्डिङ्गमा ‘एसियन फ्युजन कुजिन र जुसबार’ सहित शुरु गरेको उक्त व्यवसायले छोटो समयमा नै चर्चा पाउन सफल भएको छ ।

    टेक अवे (ग्र्याब एण्ड गो) र हेल्दी फुड कन्सेप्टमा खुलेको फेमिली रन विजनेश स्क्वीज्डमा विशेष गरी चिकेन, ल्याम्ब र भेज मःम, नुडल्स् अनि हाल ट्रेन्डिङमा रहेका दुई दर्जन किसिमका सुसी उपलब्ध छन् ।

    क्लासिक, स्पेशलियाटी कफी र विभिन्न ट्रपीकल एण्ड एक्जोटिक फ्रेस फ्रुट्स जुस, भेजिटेबल (एभोकाडो, सेलरी, साग, गाजर, काँक्रो आदि) को स्मुदी यसका विशेषता हुन् । ग्राहककै अगाडि जुस, स्मुदी बनाएर दिइने भएकाले ग्राहकले खानामा बढी विश्वास गर्छन् ।

    नुडल्स् र म.म. मिक्स गरेको कम्बो बक्स, सुसी पोकी बल पनि यहाँ चलेका खाना हुन् । यहाँ बालबच्चालाई आकर्षित गर्ने खालका किड्स मेनु पनि उपलब्ध छ ।

    शर्मा दाजुभाइले आफ्नै ब्राण्डको युनिफर्म, जुस बारको कलर र एम्बियन्स, कफी जुस सर्भ गर्ने कप, ग्लास, सुसी नुडल्स् खाना हाल्ने बउल, टेक वे ब्यागमा आकर्षक ब्रान्डिङ गरेका छन् । भविष्यमा फ्रेन्चाइज गरि यस व्यवसायलाई अन्यत्र पनि विस्तार गर्ने सोच सञ्चालकको छ ।

    सोमबारदेखि शनिबारसम्म बिहान ८ बजेदेखी बेलुका ९ बजेसम्म र आइतबार बिहान १० बजेदेखी बेलुका ६ बजेसम्म रेष्टुरेन्ट खुला रहन्छ ।

    लन्डनमा नेपालीले नै शुरु गरेको हट स्टोन सुसी र अक्सफोर्ड सर्कसस्थित ५ तारे होटल वेष्ट बरीमा झण्डै एक दशक काम गरेका अनुभवी सेफ जय गिरीले खाना बनाउँछन् ।
    कोस्टा कफीमा म्यानेजेरियल रोल गरेका सविन आफंैले कफी र स्मुदी बनाउँछन् ।

    उवर इट, जस्ट इट र डेलिवरी मार्फत खाना टेक अवे सर्भिस पनि उपलब्ध छ । स्थानीय लन्डन बरो अफ वान्ड्सवोर्थ काउन्सिलले फुड हाइजिन रेटिङमा ५ स्टार दिइसकेको छ ।
    ब्रान्डिङ एण्ड म्यानेजमेन्टमा मास्टर्स गरेका सँस्थापक समिरले समग्र व्यवस्थापन हेर्छन् । हस्पिटालिटीमा लामो समय काम गरिसकेका उनी कष्टमरलाई सर्भ पनि गर्छन् ।

    भाइको ब्रान्डिङ र आफ्नी जीवनसंगिनी सिभिल इन्जिनियर अन्जली फुयाँलको ‘क्रिएटिभ माइन्ड’ ले नै यो ब्रान्ड स्थापित भएको जय गिरीले बताए ।

    लोकल विजनेशलाई सपोर्ट गर्ने उद्देश्य राखिएको जनाउँदै गिरीले आउटडोर, कर्पोरेट पार्टीका लागि समेत खाना क्याटरिङ गरिने पनि बताए ।

    ‘ब्रान्ड स्टाब्लिस गरेर भविष्यमा यसलाई फ्रेन्चाइजका रुपमा विस्तार गर्ने दीर्घकालीन सोच छ मेरो’, समिर भन्छन्, ‘कसैले फ्रेन्चाइज लिन चाहे दिन सकिन्छ र ठाउँ अनुसार उनीहरुले फरक थिममा खोल्न सक्छन् ।’

    उनले अहिले ब्रान्डिङका लागि सोसल मिडिया प्लाटफर्म, ब्रान्ड अवेरनेस, इन्टरनेशनल ब्रान्ड बनाइसकेका व्यवसायीहरुसंग साक्षात्कारलाई बढी प्राथमिकता दिइरहेको बताए ।

    भर्खर शुरु भएको नयाँ व्यवसायमा केही चुनौति त भइहाल्छन् तर अहिले नै त्यस्तो केही सामना गर्नु नपरेको समिर शर्माले बताए ।

    उनले अगाडि थपे, ‘बजारमा प्रतिश्पर्धा छ तर हामी अरुको भन्दा क्वालिटी दिन्छौं । हाम्रो मेनु अरु भन्दा सस्तो पनि छ । खाना ल्याव टेष्ट गरेर बनाइन्छ । कृत्रिम सामग्री मिसावट हुन्न । यसले गर्दा ग्राहक आकर्षित हुने विश्वास छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार