Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नारायणगढ-मुग्लिन सडकमा ५ सवारी साधन ठोक्किए: एक जनाको मृत्यु, २२ घाइते


    सोमबार, जेष्ठ १४ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको १७ किलोमा ५ सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ स्थित १७ किलोमा गएराती १२:३० बजे ३ बस र २ ट्रक एक आपसमा ठोक्किएका हुन् ।

    मुग्लिनबाट नारायणगढ तर्फ जादै गरेको बा ४ ख ९०८६ नम्बरको यात्रुबहाक बससँग विपरित दिसाबाट आउदै गरेको बा ३ ख ७९१५ नम्बरको मालबहाक ट्रक ठक्कर खाएको र उक्त ट्रकको पछाडी ना ६ ख ८९६८ नम्बरको बस र सो बसलाई ना ३ ख ५९३६ नम्बरको मालबाहक ट्रकले ठक्कर दिएको हो ।

    त्यस्तै मुग्लिनबाट जादै गरेको यात्रुबहाक बसलाई सोही दिसा तर्फ जादै गरेको ना ४ ख ३२४८ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा एक जनाको मृत्यु भएको र २२ जना घाइते भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार