Nepal Face
  • आइतबार, १० साउन २०८३
  • करिब २ सय ५० किलोग्राम गाँजासहित तीन जना पक्राउ


    आइतबार, जेष्ठ १३ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनुषा । धनुषा जनकपुर उपमहानगरपालिका-१३ पिराडी चोकबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ सय ५० किलोसहित सर्लाही हरिवन नगरपालिका-८ स्कूल टोल बस्ने ३० वर्षीय नेत्रबहादुर श्रेष्ठसमेत ३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

    वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले बा.प्र०१-०२७ च १९७७ नम्बरको स्कार्पियो जाँच गर्ने क्रममा स्कार्पियामा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार