Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुवा पक्राउ


    बिहिबार, मंसिर ११ २०७७
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । आफ्नै नाबालिका छोरीलाई जर्बजस्ती करणी गरेको अभियोगमा बुवा पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा ३९ वर्षीय पुरुष रहेका छन्। ती पुरुषले आफ्नै १३ वर्षे नाबालिका छोरीलाई विगत केही वर्ष अघिदेखी अनेकौं बहाना बनाई जबरजस्ती करणी गर्दै आएको खुलेपछि उनलाई गिरफ्तार गरिएको हो ।

    मंसिर ६ गते एउटा होटलमा लगेर अश्लिल फोटो तथा भिडियो देखाई जबरजस्ती करणी गरेको जाहेरीको आधारमा उनलाई ९ गते पक्राउ गरिएको हो ।

    पक्राउ परेका उनलाई जिल्ला अदालतबाट ७ दिन म्याद थप गरि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार