Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रहरीमा जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने पक्राउ


    शनिबार, जेष्ठ १२ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा मोरङको कटहरी गाउँपालिका-३ बस्ने ४५ वर्षीय पन्चु पासवानलाई प्रहरीले पक्राउ गरेको छ ।

    पासवानले कटहरी गाउँपालिका-५ का १ जना व्यक्तिलाई प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भन्दै ३ लाख ३० हजार रूपैयाँ नगद लिई ठगी गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    उनी उपर ठगी सम्बन्धी कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार