Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इन्डोनेसियामा भ्रष्टाचार आरोपमा एक मन्त्री गिरफ्तार


    बिहिबार, मंसिर ११ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । इन्डोनेसियाका समुद्री तथा मत्स्यमामिला मन्त्री इधी प्राबोवोलाई प्रहरीले गिरफ्तार गरेको छ ।  

    समुद्री झिँगाहरूको ओसार पसारसम्वन्धी विवादास्पद नीतिमा भ्रष्टाचार गरेको आरोप लगाउँदै उहाँलाई गिरफ्तार गरिएको हो । 

    इन्डोनेसियाको भ्रष्टाचार निवारण आयोगका उच्च अधिकारीले राजधानी जाकार्तामा बुधबार बेलुका पत्रकार सम्मेलन गरी मन्त्री प्राबोवोलाई गिरफ्तार गरिएको जानकारी दिनुभएको हो । 

    मन्त्री प्राबोवोले ओसारपसारसम्वन्धी निर्णय गर्ने क्रममा आयातकर्ताहरूसँग मिलेर झण्डै छ लाख ९५ हजार ६५५ अमेरिकी डलर भ्रष्टाचार गरेको आयोगका अधिकारीहरूले दावी गरेका छन् । 

    बुधबार बिहान उहाँलाई आयोगका अधिकारीहरूले कार्यालयमा उपस्थित हुन आग्रह गर्दा उहाँ र उहाँकी श्रीमतीले अस्वीकार गरेपछि उहाँलाई अपरान्ह गिरफ्तार गरिएको जनाइएको छ । 

    मन्त्रीसँगै सात जनालाई आयोगले काण्डका बारेमा सोधपुछ गर्न लागेको आयोगका अधिकारीहरुले जानकारी दिएका छन् । 

    मन्त्री प्राबोवोलाई प्रहरीले पक्राउ गरेपछि राष्ट्रपति जोको विडोडोले अर्का मन्त्री लुहुत पन्जैतानलाई उहाँको मन्त्रालयको पनि जिम्मेवारी दिनुभएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार