Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिरोहिया अस्वस्थ, अस्पताल भर्ना


    शनिबार, जेष्ठ १२ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुर । हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् ।

    स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । उनको मुटुमा समस्या आएको बताइएको छ ।

    सिरोहियाको नागरिकताको विषयमा गत मंगलबार काठमाडौंमा पक्राउ गरी उनलाई धनुषा लगिएको थियो । उनलाई शुरुमा तीन दिन र शुक्रबार थप तीन दिनको समय थपेर अनुसन्धान भैरहेको छ । सिरोहियालाई अहिले जनकपुरस्थित काव्या अस्पतालमा राखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार