Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धनुषा प्रहरीको हिरासतमा सिरोहिया, आजै अदालत लगिंदै


    बुधबार, जेष्ठ ९ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ ।

    आज बिहानै जिल्ला प्रहरी कार्यालय पुर्याइएका सिरोहियालाई मङ्गलवार कान्तिपुरको कार्यालयबाटै पक्राउ गरिएको थियो ।

    उनलाई आज म्याद थपका लागि जिल्ला अदालत धुनषामा उपस्थित गराइँदै छ। उनलाई नागरिकता सम्बन्धी कसुरमा पक्राउ गर्न जिल्ला न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले पुर्जी जारी गरेका थियो ।

    जिल्ला प्रशासन कार्यालय धनुषाबाट लिएको नागरिकताको नम्बर अर्को व्यक्तिको नागरिकता नम्बरसँग मिलेको भन्दै गत वैशाख १६ गते उनीविरुद्ध धनुषा प्रहरीमा निवेदन परेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार