Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • बाल यौन दुराचारी शिक्षक पक्राउ


    बिहिबार, मंसिर ११ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । आफैंले पढाउने ११ वर्षीया बालिकालाई यौन दुराचार गरेको आरोपमा कपिलवस्तुका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । 

    मंसिर ९ गते दिउँसो १२ बजेको समयमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० भगवानपुरस्थित बुद्ध ज्ञानज्योति बोर्डिङ्ग स्कुलका प्रिन्सिपल ४० वर्षीय यम खानले सोही स्कुलमा अध्यनरत ११ वर्षीया बालिकालाई यौन दुराचार गरेको प्रहरीको भनाइ छ ।

    बिहीबार प्रहरीले सञ्चारकर्मीलाई दिएको जानकारीअनुसार निज प्रिन्सिपलले ती बालिकालाई आफ्नो कार्यकक्षमा लगेर यौन दुराचार गरेको भन्दै पीडितपक्षले जाहेरी दिएपछि प्रहरीले आरोपितलाई पक्राउ गरेको हो । 

    प्रहरीले प्रिन्सिपल खानलाई पक्राउ गरी बाल यौन दुराचार सम्वन्धी मुद्दा दर्ता गरिएको कपिलवस्तुका प्रहरी प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार