Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २४ घण्टायता १४३७ जना कोरोना संक्रमित संक्रमणमुक्त


    बिहिबार, मंसिर ११ २०७७
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ३६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। 

    देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    यो सँगै नेपालमा २ लाख ९ हजार ४ सय ३५ जना संक्रमित उपचारपछि निको भएका छन्। 

    मन्त्रालयका अनुसार ९ हजार ४ सय ९१ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १७ लाख जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।  

    मन्त्रालयका अनुसार ६ सय ८० जना क्वारेन्टाइनमा छन्।  नेपालमा १६ हजार ७ सय ९३ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार