Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज देशभर १ हजार ६१४ जना कोरोना संक्रमित थपिए


    बिहिबार, मंसिर ११ २०७७
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय १४ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ४ सय ३७ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ।

    आज देशभर १६ हजार ७ सय ९३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

    पछिल्लो २४ घन्टामा देशभर २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ४ सय १२ जना संक्रमितको मृत्यु भइसकेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार