Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चराको प्वाँख २८ हजार डलरमा बिक्यो


    बिहिबार, जेष्ठ १० २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । न्यूजिल्याण्डको लोप भैसकेको हुइया चराको प्वाँख २८ हजार ४१७ डलरमा लिलामी भएको छ ।

    लिलामी गर्ने कम्पनीले ३ हजार डलरसम्म पुग्ने अपेक्षा गरेको तर यो प्वाँखको लिलामीले पुरानो रेकर्ड ध्वस्त भएको बताएको छ ।

    यो चरा न्युजिल्याण्डको माओरी जनजातिका लागि धेरै पवित्र मानिन्थ्यो । यी मानिसहरू आफ्नो पगडीमा यो चराको प्वाँख लगाउने गर्थे वा यो प्वाँखलाई उपहारको रूपमा पनि प्रयोग गरिन्थ्यो ।

    न्यूजिल्याण्डको संग्रहालयका अनुसार यो चरा अन्तिम पटक सन् १९०७ मा देखिएको थियो ।

    दुई–तीन दशकअघि पनि यसको दर्शनका केही अपुष्ट समाचारहरू आएका थिए ।

    यो चरा यसको जम्प गर्ने क्षमता र सुन्दर प्वाँखका लागि परिचित थियो। सोमबार लिलामी गरिएको प्वाँख राम्रो अवस्थामा रहेको र कीराले क्षति नगरेको लिलामी कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार