काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलविरुद्ध पेश भएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ ।
सर्वोच्च अदालत प्रशासनले गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता विरुद्ध अधिवक्ता अनुपम भट्टराईले गरेको रिट निवेदन दर्ता नगरी दरपीठ गरेको थियो । दरपीठबिरुद्ध दिएको निवेदनमा सुनुवाइ गर्दै बुधबार न्यायाधीश टेकप्रसाद ढुंगानाले रिट दर्ता गर्न आदेश दिएका छन् ।
महान्यायाधीवक्ता पोखरेलले गृहमन्त्री लामिछानेका बिरुद्ध सहकारी ठगी लगायतका कुनै पनि उजुरी नपरेको भनी गएको बैशाखमा पत्र लेखेपछि उनी विवादमा तानिएका थिए ।
तल्ला निकायहरुमा अनुसन्धान भएको र हुनसक्ने विषयमा कुनै व्यक्तिले निवेदन दिएको भरमा छानबिन भएको छ वा छैन भनी पत्र जारी गर्दा त्यसको दुरुपयोग हुनसक्ने भन्दै अधिवक्ता भट्टराईले महान्यायाधिवक्ता कार्यालयबाट जारी भएको पत्र बदर हुनुपर्ने माग राखेका थिए ।
सर्वोच्च अदालतको आदेशपछि अधिवक्ता भट्टराईको रिट आइतबार दर्ता हुने भएको छ ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend