मुकेशकुमार यादव
सिरहा । सिरहामा पछिल्लो समय ग्राभेल माफियाहरुले अबैधरुपमा गर्ने गरेको उत्खननले स्थानीयहरु आजित भइसकेका छन् । गाँउबस्ती नै डुवानमा पर्नेगरी विना दर्ताकै ग्राभेल माफियाहरुले गरेको अवैध उत्खन्न्ले स्थानीयहरु आजित भएका हुन् ।
आज विहान बवैध रुपमा ग्राभेल उत्खनन गरिरहेको अवस्थामा प्रहरीले नगरहा गाउँपालिका ३ खोरियाबाट दुईवटा टिपर र एकथान स्काभेटर नियन्त्रणमा लिएको छ।
स्थानीय जनप्रतिनिधी र प्रहरी प्रशासनको मिलेमत्तोमा खानी समेत दर्ता नगराई ग्राभेल उत्खनन् गरिरहेको अवस्थामा सशस्त्र प्रहरी बल गोलबजारले ना.१ क ४९१७ र ना.१ क ८५४३ नम्वरको टिफार र नम्वर नखुलेको स्काभेर नियन्त्रणमा लिएको हो ।
स्थानीयले दिएको सूचनाको आधारमा पुगेका सशस्त्र प्रहरीले उत्खनन गरिरहेको स्थानबाटै टिफर र स्काभेटर नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल गोलबजारको प्रहरी निरीक्षक दशरथ अधिकारीले जनाएका छन् । नियन्त्रणमा लिएको टिफर र स्काभेटर गाउँ पालिकाको जिम्मामा लगाउने कार्य भईरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।
नरहा ३ को दर्जनौं स्थानबाट अबैधरुपमा उत्खनन् भईरहेपनि स्थानीय प्रहरी र जनप्रतिनिधिको मौनताले उनीहरुको संलग्नता स्पस्ट देखिएको स्थानीयहरु बताउँछन्। कुनै खानी दर्ता नभएपनि यहाँका पहुँचबाला व्यसायीहरुले प्रशासन र जनप्रतिनिधीलाई प्रभावका पारेर ग्राभेल निकाल्ने गरेको स्थानीय एक शिक्षकले जानकारी दिए ।
उनका अनुसार दिनभरी मिर्चैया प्रहरीको डिउटी बसेकै क्षेत्रबाट ग्राभेल लानेगरेपनि प्रहरी देखेको नदेखेझैं गरेकाले प्रहरीको नीयत त्यसै उदाङ्गो भएको देखिन्छ ।
उनले भने, ‘पालिकाकै अगाडीबाट दिनहुँ दर्जनौ टिफर जान्छ, वडा अध्यक्षलाई हामीले पटक पटक भन्दा पनि वास्ता गर्दैन, प्रहरीलाई भन्दा पनि सुन्दैन, आज बल्ला सशस्त्रले गाडी समायो । यो अबैध धन्दा रोकिनु पर्छ ।’
ती शिक्षकले पक्राउ परेका टिफरहरु पनि निश्चित राजस्व बुझाएर छोड्नु नहुने बताउँदै भने, ‘यो चोर पुसको खेल जस्तो भयो, महिना दिन चलाउँछ। स्थानीयको धेरै विरोध हुन थालेपछि पकडेर देखाएजस्तो गर्छ। यो देखावा सकियो। अव उनीहरुलाई कार्वाहीको दायरामा ल्याउनु पर्छ।’
नगरहा गाउँपालिकामा आजसम्म कुनै खानी दर्ता नभएको प्रशासनले जनाएको छ। यहाँ बाट निस्कने सवै ग्राभेल चोरी निकासी गरेर निस्कने गरेको छ।
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend