काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी एसएसपी बसन्तबहादुर कुँवरलाई दिइएको छ । प्रहरी युृक्ति तालिम महाविद्यालय जर्घा नवलपरासीबाट सचिवालयमा सरुवा भएका उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ ।
डीएसपी हुँदा गोरखाको इन्चार्ज भएका कुँवरले एसपी भएपछि चितवन, नुवाकोटको प्रमुखका रुपमा काम गरेका थिए । अख्तियारको कोहलपुर कार्यालयमा पनि कार्यरत रहेका कुँवर विवादरहित अधिकृत मानिन्छन् ।