Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल आईपुगे भारतीय विदेश सचिव


    बिहिबार, मंसिर ११ २०७७
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। छिमेकी राष्ट्र भारतका  विदेश सचिव हर्षवर्द्धन श्रृंगला २ दिने नेपाल भ्रमणका लागि आज  काठमाडौं आइपुगेका छन् ।

    विदेश सचिव केहीबेरअघि चार्टर्ड विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । विदेश सचिव श्रृंगला इण्डियन एयर फोर्सको विमानबाट आज बिहान १०.४० मा त्रिभुवन विमानस्थलमा उत्रिएका हुन् । विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा औपचारिक भ्रमणमा आएका उनको  आजै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको  छ ।

     विदेश सचिवले आज नै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायतलाई भेट्ने कार्यक्रम छ । त्यसअघि परराष्ट्र सचिवले दुई पक्षीय विषयहरुमा वार्ता गर्नेछन् । काठमाडौंस्थित भारतीय राजदूतावास स्रोतका अनुसार नेपाली समकक्षी र अन्य उच्च व्यक्तिहरुसँग भेटघाटको क्रममा दुई पक्षीय सहकार्यका विभिन्न क्षेत्रहरुको बारेमा कुराकानी हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार