काठमाडौं । अनलाईन मार्फत ठगी गरी बिनान्स एप मार्फत लगानी गरेको अभियोगमा ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौंका विभिन्न स्थानमा बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-२ घर भएका ३१ वर्षीय सुदिप प्याकुरेल, सोलुखुम्बु लिखुपिके गाउँपालिका-१ घर भएका ३० वर्षीय सञ्जय बस्नेत, नुवाकोट दुप्चेश्वर गाउँपालिका-४ घर भएका १९ वर्षीय छेवाङ लामा र सिन्धुपाल्चोक पाँचपोखरी थानपाल गाउँपालिका-५ घर भएका २१ वर्षीय करण तामाङ गोले रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-७ सरस्वतीनगरबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट नगद २ लाख ४ हजार ५ सय रूपैयाँ, मोटरसाइकल २ थान, मोबाइल ५ थान, ल्यापटप १ थान, एटिएम कार्ड १५ थान, बैंकको चेकबुक १२ थान लगायतका सामान प्रहरीले बरामद गरेको छ ।
उनीहरूले सामाजिक सञ्जालका माध्यमबाट सामान पार्सल, अनलाईनमा लगानी गरेमा दोब्बर हुन्छ भनि विभिन्न प्रलोभन देखाउनुको साथै अनधिकृत रूपमा ईसेवा आईडीमा समेत पहुँच पुर्याई गैरकानूनी कार्य गरी विभिन्न ब्यक्तिहरुको नाममा रहेका बैंक खाता तथा वालेटमा पटक-पटक गरी जम्मा १६ लाख ५९ हजार रूपैयाँ रकम ट्रान्सफर गरी अनलाइन मार्फत ठगी खुल्न आएको छ । सञ्जय र करणले हालसम्म Binance App मार्फत १० करोड ९५ लाख ४२ हजार ५ सय २७ रूपैयाँ कारोबार गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनहरूलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend