Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • त्रिशूली दुर्घटना अपडेट: बेपत्ता तीनमध्ये दुईको शव फेला


    बिहिबार, मंसिर ११ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • चितवन । इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलाबाट त्रिशूलीमा पिकअप खसेर बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान लु १ च ९७३१ नम्बरको पिकअप भ्यान त्रिशूलीमा खसेको थियो । सोही भ्यानमा सवार प्युठानको झिम्रुक गाउँपालिका–१ का २३ वर्षीय सूर्य केसी र ३३ वर्षीया जमुना रोक्काको शव फेला परेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक स्ूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार उनीहरुको शव भ्यानभित्र भेटिएको हो । प्युठानबाट बिरामी बोकेर काठमाडौँ जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन जना बेपत्ता भएका थिए भने एक जना घाइते भएका थिए । बेपत्ता भएकी बिरामी १५ वर्षीया जिनिसा रोक्काको खोजी कार्य भइरहेको छ । सशस्त्र प्रहरीको विपत् व्यवस्थापन तालीम शिक्षालयले बेपत्ता रोक्काको खोजी गरिरहेको हो । घाइते ३८ वर्षीय मुकुन्दबहादुर रोक्काको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार