Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इरानी राष्ट्रपति सवार हेलीकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो


    सोमबार, जेष्ठ ७ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

    हेलीकप्टरमा सवार इरानका राष्ट्रपति र विदेशमन्त्रीसहित सबैको मृत्यु भएको तास्निम न्यूज एजेन्सीले उल्लेख गरेको छ ।

    यो हेलिकप्टरमा इरानका राष्ट्रपति रायसीसहित विदेशमन्त्री अब्दुल्लाहियान, पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र इरानको पूर्वी अजरबैजानका नेता आयोतुल्लाह अल हाशेम रहेका थिए ।

    उद्धार टिमले हेलिकप्टरको पुच्छर पहाडमा ठोक्किएर खसेको अवस्थामा भेटिएको बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार