Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रहरी जवान हत्या: ७ जना पक्राउपछि सार्वजनिक


    आइतबार, जेष्ठ ६ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाल प्रहरीका जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले एकजना नाबालकसहित ७ जनालाई सार्वजनिक गरेको छ । आइतवार बिहान पक्राउ परेका सातै जनालाई पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको हो ।

    प्रहरीले घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय सचिन परियार, १६ वर्षीया अन्जली श्रेष्ठ, २१ वर्षीया बसुन्धरा कार्की, ५६ वर्षीया नुनमाया कार्की, २१ वर्षीय बुद्ध लामा, ३० वर्षीय अमृत तामाङ र एक जना १३ वर्षीय नाबालकलाई पक्राउ गरेर आइतवार सार्वजनिक गरेको हो । उनीहरू सबै सडक पेटी तथा निर्माणाधीन घरहरूमा आश्रय लिँदै आएका थिए ।

    उनीहरूलाई अस्टनारायण हल पछाडि २२ धारा जङ्गलबाट भाग्न लागेको अवस्थामा पक्राउ प्रहरीले प्रक्राउ गरेको बताएको छ । पक्राउ गर्ने क्रममा प्रहरीले १ राउन्ड हवाई फायर समेत गरेको थियो ।

    ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रवार काठमाडौँको तार्केश्वर–९ मनमैजुमा शङ्कास्पद अवस्थामा फेलापरेको थियो ।

    खोटाङको मजुवागढी गाउँपालिका–१ घर भएका घिमिरेको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार