Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ४ सय ८ कोरोना संक्रमित आइसियुु र भेन्टिलेटरमा उपचाररत


    बुधबार, मंसिर १० २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ८ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु÷र भेन्टिलेटरमा उपचाररत छन्। 

    मन्त्रालयको तथ्यांक अनुसार ६३ जना भेन्टिलेटरमा र ३ सय ४५ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। 

    आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १३६ जना आइसियु र ४१ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ६३ जना आइसियु र ३ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३२ जना आइसियु र ८ जना भेन्टिलेटरमा र  प्रदेश २ मा ८ आइसियुमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ। 

    त्यस्तै सुदुरपश्चिममा ८ आइसियु, गण्डकी प्रदेशमा ८६ आइसियु र ११ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा १२ आइसियु उपचाररत रहेका छन्। 

    यसअघि  मंगलबार ४ सय ५०,सोमबार ४ सय २८, आइतबार ४ सय २५ जना संक्रमित आइसियु ÷भेन्टिलेटरमा उपचाररत रहेका थिए। 

    नेपालमा २ लाख २६ हजार २६ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। जसमध्ये  २ लाख ७ हजार ९ सय ९८ जना निको भएर घर फर्किसकेका छन् भने १ हजार ३ सय ८९ जनाको मृत्यु भएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार