Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं उपत्यकामा ८ सय ३५ काेराेना संक्रमित थपिए


    बुधबार, मंसिर १० २०७७
    665
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३५० पुरुष र ४८५ महिला गरी ८३५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख ५ हजार ५१७ जना व्यक्ति संक्रमित भएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ६३५ , ललितपुरमा ११३ र भक्तपुरमा ८७ जनालाई  कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा ४, ललितपुर र भक्तपुरमा दुई÷दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म काठमडौंमा मात्र ८५ हजार १५२ जना संक्रमित भएका छन्, जसमध्ये ३३५ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ७७ हजार १५७ छ।

    ललितपुरमा १२ हजार ६९० जना संक्रमित भएका छन्। जसमा ९३ जना संक्रमितको मृत्यु भएको छ भने ११ हजार ९८ जना निको भएका छन्। भक्तपुरमा ७ हजार ६७४ संक्रमितमध्ये ८९ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार ६ जना निको भइसकेका छन्।

    आज काठमाडौमा ७ हजार ६६०, ललितपुरम १ हजार ४९९ र भक्तपुरमा ५८० जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आज देशभर १ हजार ९४८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख २६ हजार  २६ पुगेको छ। 

    २४ घण्टामा ३ हजार १४० जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ। आज देशभर १६ हजार ६३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा मृत्यु हुने संक्रमितको सख्ंया १ हजार ३८९ पुगेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार