काठमाडौं( नेकपा (एमाले) दोलखाका नेता विदुर शर्मा फरार भएका छन् । एक युवतीले प्रहरीमा जबर्जस्ती करणीको जाहेरी दिएपछि शर्मा फरार भएका हुन् ।
भक्तपुर सूर्यविनायक-२ बालकोट बस्दै आएका शर्मालाई प्रहरीले खोजी गरिरहेको छ ।
प्रहरी वृत्त दरबारमार्गमा युवतीले शर्माविरूद्ध जबर्जस्ती करणीको जाहेरी दिएकी थिइन् । जाहेरी परेपछि खोजीमा रहेको प्रहरीले शर्मा कहाँ छन् पत्ता लगाउन सकेको छैन ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले शर्माविरूद्ध जबर्जस्ती करणीको जाहेरी परेको र उनी हाल फरार रहेको बताए ।
‘एक युवतीले जबर्जस्ती करणी गरेको जाहेरी दिनुभएको छ,’ उनले भने, ‘जाहेरीपछि अनुसन्धानका लागि खोजी गर्दा उहाँ फेला पर्नुभएको छैन ।’
घटना अनुसन्धानका क्रममा रहेकाले प्रहरीले यसबारे थप विवरण उल्लेख गरेको छैन ।
शर्मा निर्माण व्यवसायीसमेत हुन्। उनको ठिमी नगरपालिका-३ गठ्ठाघरमा प्रदेश निर्माण सेवा छ।
दोलखाका जिल्लास्तरीय नेता शर्मा बालकोट बस्दै आएका छन् । नेकपा (एमाले)को गत जिल्ला अधिवेशमा उनी उपसचिव पदको उम्मेदवार बनेका थिए।
ठेक्कापट्टा साथै शर्मा मिटरब्याजको कारोबारमा सक्रिय छन् । उनलाई भरतपुरका एक निर्माण व्यवसायीलाई मिटरब्याजमा रकम लगाएर पीडित बनाएको आरोप लागेको थियो।
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend