Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सशस्त्रको भवन निर्माण अलपत्र, ठेकेदार काम छाडेर गायब


    बुधबार, मंसिर १० २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • दार्चुला । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म भवनको गृहमन्त्री रामबहादुर थापाले २०७७ असोज २९ गते छाङरु पुगेर शिलान्यास गरेका थिए । शिलान्यास कार्यक्रममा एक महिनाभित्रै तत्काललाई बस्न मिल्ने गरी निवासका लागि एक तला ठड्याउने र यसै हिउँदमा गुल्मका सुरक्षाकर्मीले आफ्नै भवनमा बस्न पाउने उल्लेख गरे। तर भाषणमा भनेजस्तो काम भने भएन ।

    मंसिर लाग्दा पनि भवन निर्माणको काम एक प्रतिशत पूरा भएको छैन। अहिले त काम नै रोकिए र निर्माण कार्य अलपत्र छ । ७ फिटसम्म हिउँ जम्ने छाङरुमा चिसो बढ्दै जादा सशस्त्र प्रहरीको चिन्ता बढ्दैछ । १६० जना जनशक्ति दरबन्दी भए पनि पूर्वाधार अभावका कारण ६१ जना छन् ।

    जग हाल्ने काम पनि पूरा भएको छैन । कात्तिक तेस्रो सातादेखि निर्माण कार्य ठप्प छ । ठेकेदार कम्पनीले चिसो बढ्यो भनेर काम छाडेर गए ।

    भारतले अतिक्रमण गरेको कालापानी भन्दा झण्डै १२ किलोमिटर वर छाङरुमा सशस्त्र प्रहरीलाई १२ महिना बस्न मिल्ने गरी गुल्म भवन निर्माणका लागि भदौ अन्तिम साता १० करोड रुपैयाँको ठेक्का सम्झौता भएको छ ।

    एक वर्षभित्रै निर्माण सक्ने गरी ठेक्का सुरेश चन्दको ग्वाल्लेक कन्सट्रक्सनले लिएको थियो । ब्यारेक भवनसहितको ५ रोपनी क्षेत्रफलको जमिनमा तीन दर्जन कोठा निर्माण गरिने छ । हाल तीन तलाको ब्यारेक भवन निर्माणको योजना छ । गुल्म परिसरमा शौचालय, ब्यारेक भवन, कार्यालय भवन र प्रवेशद्वार पनि बनाइने छ। निर्माण सामग्री हेलिकोप्टरबाट ढुवानी गरिसकिएको छ ।

    लिम्पियाधुरा, कालापानी र लिपुलेकमा भारतसँग सीमा विवाद बढेपछि सरकारले व्यास गाउँपालिका एक छाङरुमा सुरुमा सशस्त्र बीओपी र पछि गुल्म राखेर सैन्य उपस्थिति बढाउँदै गएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार