Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ६ वर्षीया बालिका हत्या प्रकरण,कर्फ्यू तोड्दै प्रदर्शन ,मेयरको पुत्ला दहन


    बुधबार, मंसिर १० २०७७
    900
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । महोत्तरीमा ६ वर्षीया बालिका गुलाव साह खातुनको  हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा गोली लागेर गम्भीर घाइते बर्दिबास–१ का ४३ वर्षीय बुद्धिराज न्यौपानेको  गए राति उपचारका क्रममा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा निधन भएको लगत्तै थप एक व्यक्तिको पनि मृत्यु भएपछि महोत्तरीको बर्दिवास थप तनावपूर्ण बनेको छ ।

    बर्दिबासमा स्थानीय प्रशासन महोतरीले आज विहानदेखि भोलि (बिहीबार) विहान ६ बजेसम्म लगाइएको निषेज्ञाज्ञा उल्लंघटन गर्दै स्थानीयबासीे प्रदर्शन गरेका छन् ।
    स्थानीय प्रशासनले पाँच जनाको समूह भन्दा बढी जम्मा हुने नपाउने भए पनि आक्रोशित स्थानीयले झन आन्दोलन चर्काएका छन् ।
    बलात्कारपछि हत्या गरिएको ५६ बर्षीया बालिका गुलाब साह खातुनको बलात्कार पश्चात हत्या र त्यस विरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएका सञ्जय न्यौपानेविरुद्ध स्थानीयले प्रदर्शन जारी राखेका छन् ।

    प्रदर्शनकारीले मृतक सञ्जय न्यौपानेलाई सहिद घोषाणा, मृतक परिवारलाई क्षतिपुर्ति, गोली चलाउने आदेश दिने अधिकारीलाई निलम्बन लगायतको माग राखेका छन् । उनीहरुले दिउँसो बर्दिबास बजारमा प्रहरी प्रशासन विरुद्ध नाराबाजी गर्दै बर्दिबास नगरपालिकाका मेयर विदुर कार्कीको पुत्ला समेत जलाएका छन् ।

    प्रदर्शनकारीहरुले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् भने बजार व्यवसाय पूर्ण रुपमा ठप्प रहेको छ । यातायात ठप्प हुँदा यात्रीहरु समस्यामा परेका छन् । प्रहरीको गोली लागेका अन्य दुई जनाको अवस्था पनि चिन्ताजनक रहेको स्थानीयले जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार