Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २६ करोड ठगी आरोपमा फरार लम्बोदर न्यौपाने पक्राउ


    बुधबार, मंसिर १० २०७७
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल इन्जीनीयरिङ कलेज चाँगुनाराण भक्तपुरका अध्यक्ष लम्बोदरकुमार न्यौपानेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले आज पक्राउ गरेको छ । ठगी आरोप लागेका न्यौपाने फरार थिए । उनीबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयुक्त राजनारायण पाठकसँगै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    कलेजका संचालकहरुसमेत न्यौपानेबिरुद्ध २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ ५१ पैसा बिगो कायम गरेको छ । स्वयं न्यौपानेका नाममा मात्रै ३ करोड ७१ लाख ५३ हजार ६ सय ५० रुपैयाँ बिगो कायम गरिएको थियो । तर उनी मुद्दा दायरपछि फरार थिए ।  उनले नेपाल इन्जीनीयरीङ कलेजलाई सरकारले भोगाधिकार दिएको जग्गासमेत गैरकानुनी रुपमा दर्ता गरेको आरोप छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार