Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ट्याक्सी दुर्घटनामा चालकको निधन


    बुधबार, मंसिर १० २०७७
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बागलुङ।  ढोरपाटन नगरपालिका–२ मा गए राति ट्याक्सी दुर्घटना हुँदा बडिगाड गाउँपालिका–६ का २८ वर्षीय चालक नकुल केसीको ज्यान गएको छ । बडिगाडबाट बुर्तिबाङ बजारतर्फ जाँदै गरेको ध१ज ५४२ नंको ट्याक्सी बडिगाड खोलामा खसी दुर्घटनामा परेको थियो ।दुर्घटनापछि खोलामा बेपत्ता चालकको शव आज बिहान बडिगाड गाउँपालिका–६ मा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

    राति १० बजेतिर दुर्घटनामा परेको ट्याक्सी मध्यपहाडी लोकमार्गबाट २०० मिटर तल खसेको थियो । ट्याक्सीमा यात्रु भने सवार नरहेको बुझिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायब निरीक्षक मङ्गल गुरुङले बताउनुभयो । हिजै राति सोही स्थानमा लु२च ९११९ नंको पिकअज जीप पनि दुर्घटनामा परेको थियो । जीपका चालक बडिगाड गाउँपालिका–९ का २२ वर्षीय किरण केसी भने सकुशल रहेको प्रहरीले जनाएको छ । जीपमा पनि यात्रु नरहेको प्रहरीको भनाइ छ ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार