श्रीकृष्ण नेपाल र दिनेशकुमार घिमिरे
काठमाडौंं । सामान्य प्रशासन मन्त्रालयले ३ महिनाअघि सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयमा सरुवा गरेका सहसचिव श्रीकृष्ण नेपाल पारिवारिक कारण देखाउँदै अहिलेसम्म जान मानिरहेका छैनन् । सुदूरपश्चिम प्रदेश जान पारिवारिक कारण देखाएका सहसचिव नेपाल अमेरिकाको कन्सुलेट जनरल पदमा जाने भएका छन् ।
त्यसैगरी प्रधानमन्त्री कार्यालयका सहसचिव दिनेशकुमार घिमिरे १ नम्बर प्रदेशका मुख्यमन्त्री कार्यालयमा जान मानेका छैनन् । उनले पनि पारिवारिक कारण नै देखाएका छन् । तर उनी चीनको छेन्दुस्थित महाबाणिज्यदूतमा जान शक्तिकेन्द्रको परिक्रमा गरिरहेका छन् । धनगढी र बिराटनगर जान पारिवारिक समस्या हुने तर वासिङ्टन र छेन्दु खुसीखुसी जाने कस्तो दोहोरो नीति हो ?
सामान्य प्रशासन मन्त्रालयका एक अधिकारीले उच्च प्रशासकहरुको प्रवृत्तिप्रति टिप्पणी गर्दै भने–परिवारमा कोही बिरामी भएको भनेर धनगढी र बिराटनग नजाने बहाना बनाउँछन्, वासिङ्टन र छेन्दु जान लत्तो छाडेर लाग्छन् ।