Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीका भाइ नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्ष बनाउने माओवादीको निर्णय


    आइतबार, फाल्गुन २७ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्ष बनाउने निर्णय गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकले राष्ट्रियसभा अध्यक्षको आगामी फागुन २९ मा हुने निर्वाचनमा दाहाललाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।

    दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालका भाइ हुन् । दाहाल राष्ट्रपतिद्वारा मनोनीत राष्ट्रिय सभा सदस्य हुन् ।

    दाहालको कार्यकाल चार वर्षमात्र छ । ६ बर्ष कार्यकाल भएका राष्ट्रियसभा अध्यक्ष बनाउनुपर्ने मत माओवादीभित्र भए पनि प्रधानमन्त्री प्रचण्डले ४ बर्षमात्र कार्यकाल बाँकी भएका भाइलाई बनाउने निर्णय गराएका छन् ।

    प्रमुख प्रतिपक्षी कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार