Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • वाग्मती प्रदेशका काेराेना संक्रमित मन्त्रीलाई काठमाडाैं लगियाे


    मंगलबार, मंसिर ९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • वाग्मती । वाग्मती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामालाई स्वासप्रस्वासमा समस्या भएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

    कोरोना संक्रमणका करण बिरामी पर्नुभएका मन्त्री लामालाई थप उपचारका लागि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा लगिएको मन्त्रीको निजी सचिवालयले जनाएको छ ।

    मन्त्री लामा गत मङ्सिर ५ गते कोरोना परीक्षणमा संक्रमण पुष्टि भएपछि हेटौँडास्थित सरकारी निवासमा आराम गरिरहेका थिएथियो ।

    सोमवारदेखि मन्त्री लामालाई स्वास फेर्न असहज महशुस भएपछि आज नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिएको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार