काठमाडौं । बलात्कार काण्डमा मुछिएका एमाले जिल्ला नेता बिदुर शर्मालाई राजनीतिक संरक्षणका कारण अझै पक्राउ गरिएको छैन । यो घटना भएको १० दिनभन्दा बढी भइसकेको छ ।
जागिर लगाइदिने आश्वासन दिएर उनले ठमेलको एक होटलमा र्पुयाएर जवर्जस्ती बलात्कार गरेको भन्दै केटीले दरवारमार्गस्थित प्रहरी परिसरमा उजुरी दिएकी छिन् ।
दोलखा जिल्लाको उपसचिवमा झिनो मतले पराजित विदुर शर्मा एमाले नेता महेश बस्नेतनिकट मानिन्छन् । उनलाई गिरफ्तारीबाट बचाउन बस्नेतले नै पहल गरिरहेको पीडित परिवारले आशंका गरेका छन् ।
विदुर शर्मा आर्थिक लगायत धेरै विषयमा निकै विवादित छन् । उनी पटकपटक प्रहरी फन्दामा परेका पनि छन् । पैसा र पहुँचकै बलमा उनले उन्मुक्ति पाउने गरेकाले यसपटकको यति गम्भीर घटना पनि सामसुम त हुने होेइन सर्वत्र चिन्ताका साथ प्रश्न उठिरहेको छ ।
त्यसो त एमाले नेता बस्नेतमाथि शोभा पाठक (जानुका)ले दिएको बलात्कारको जाहेरी बल्लबल्ल दर्ता भए पनि महान्यायाधीवक्ता कार्यालयले मुद्दा नचल्ने निर्णय गरिसकेको छ ।
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend