Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले नेता शर्मामाथि बलात्कारको आरोप, जाहेरी दिएको ७ दिनसम्म पक्राउ परेनन्


    सोमबार, बैशाख ३१ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । बलात्कार काण्डमा मुछिएका एमाले जिल्ला नेता बिदुर शर्मालाई राजनीतिक संरक्षणका कारण अझै पक्राउ गरिएको छैन । यो घटना भएको १० दिनभन्दा बढी भइसकेको छ ।

    जागिर लगाइदिने आश्वासन दिएर उनले ठमेलको एक होटलमा र्पुयाएर जवर्जस्ती बलात्कार गरेको भन्दै केटीले दरवारमार्गस्थित प्रहरी परिसरमा उजुरी दिएकी छिन् ।

    दोलखा जिल्लाको उपसचिवमा झिनो मतले पराजित विदुर शर्मा एमाले नेता महेश बस्नेतनिकट मानिन्छन् । उनलाई गिरफ्तारीबाट बचाउन बस्नेतले नै पहल गरिरहेको पीडित परिवारले आशंका गरेका छन् ।

    विदुर शर्मा आर्थिक लगायत धेरै विषयमा निकै विवादित छन् । उनी पटकपटक प्रहरी फन्दामा परेका पनि छन् । पैसा र पहुँचकै बलमा उनले उन्मुक्ति पाउने गरेकाले यसपटकको यति गम्भीर घटना पनि सामसुम त हुने होेइन सर्वत्र चिन्ताका साथ प्रश्न उठिरहेको छ ।

    त्यसो त एमाले नेता बस्नेतमाथि शोभा पाठक (जानुका)ले दिएको बलात्कारको जाहेरी बल्लबल्ल दर्ता भए पनि महान्यायाधीवक्ता कार्यालयले मुद्दा नचल्ने निर्णय गरिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार