Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झापामा सरकारी जग्गा हडपेर विक्री गरेकाे आरोपमा नेकपाका नेता पक्राउ


    मंगलबार, मंसिर ९ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सम्पति शुद्धिकरण अनुसन्धान विभागले झापामा सरकारी जग्गा हडेपेको आरोपमा एक जनालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता रेवतराज पुरी रहेका छन् ।

    सम्पति शुद्धिकरण अनुसन्धान विभागको टोलीले सरकारी जग्गा आफ्नो नाममा किर्ते गरेको अभियोगमा झापाको दमकका नेकपा नेता पुरीलाई काठमाडाैंबाट पक्राउ गरेकाे हाे ।

    नेकपा प्रदेश १ का सदस्यसमेत रहेका पुरी गत स्थानीय तह निर्वाचनमा दमक नगरपालिकाको मेयरमा उम्मेद्वार थिए । पूर्वमाओवादी निकट रहेका नेता पुरी स्थानीय तहको निर्वाचनमा पराजित उम्मेद्वार हुन् ।

    उनीमाथी दमक नगरपालिका-८ को १० बिगाहा ८ कठ्ठा जग्गा आफ्नो नाममा नामसारी गरेर विक्री गरेको आरोप लागेकाे विभाग स्राेतले बतायाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार