Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देशभर पछिल्लो २४ घन्टामा १७९० जना कोरोना संक्रमित थपिए


    मंगलबार, मंसिर ९ २०७७
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७ सय ९० जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ७ सय ९१ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ४ हजार ५८ पुगेको छ।

    आज देशभर १७ हजार ८ सय ५९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

    आज देशभर २४ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ३ सय ६१ जना संक्रमितको मृत्यु भइसकेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार