Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बिलबिजकमा उल्लेख भएभन्दा फरक सामान बोकेको ट्रक नियन्त्रणमा


    बिहिबार, बैशाख २७ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • वीरगन्ज । बिलबिजकमा उल्लेख भएभन्दा फरक सामान बोकेको ट्रक सशस्त्र प्रहरीले बैशाख २७ गते पर्सा जिल्लाको वीरगंज महानगरपालिका–८ लिङ्करोडबाट नियन्त्रणमा लिएको छ ।

    पर्साको आदर्शनगरबाट बसपार्कतर्फ जाँदै गरेको ना. ३ ख ७६५६ नम्बरको मालवाहक ट्रकलाई विशेष सूचना आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले नियन्त्रणमा लिएको हो । ट्रकमा रहेको सामानको भ्याट बाहेकको मूल्य ३० लाख ४९ हजार ८८ रुपैयाँ कायम रहेको छ ।

    नियन्त्रणमा लिइएको सामानसहितको ट्रक थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार