Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कार्की सचिव बढुवा सिफारिस


    मंगलबार, मंसिर ९ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पदरिक्त भएको १ महिना ७ दिनपछि कृषि तथा वन समूहका सहसचिव योगेन्द्रकुमार कार्कीश सचिव बढुवा सिफारिस भएका छन् । कृषि मन्त्रालयका सचिव राजेन्द्र भारी गएको कात्तिक १ मै अवकाश भएपछि पदरिक्त भएको थियो । तर मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना संक्रमण भएकाले सोमबार सचिव बढुवा सिफारिस भएको छ ।

    बढुवा सिफारिस समितिले कृषि तथा वन सेवातर्फ रिक्त एक सचिव पदमा कार्कीको नाम सिफारिस गरेको हो । उनी यसअघि नै बढुवामा पर्नुपर्ने बरिष्ठ सहसचिव हुन् ।

    लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले ज्येष्ठताका आधारमा कार्कीको नाममात्र सिफारिस गरेको हो ।  यसअघि प्रशासनतर्फ सहसचिवहरु गोकर्णमणि दुवाडी, सुमनराज अर्याल र भरतमणि सुवेदीको नाम सिफारिस भइसकेको छ । बिहीबार बस्ने मन्त्रिपरिषद बैठकबाट प्रशासनतर्फका एक जना र प्राविधिकतर्फ कार्कीको सचिवमा बढुवा हुनेछ । प्रशासनतर्फ संचार मन्त्रालयका सहसचिव गोकर्णमणि दुवाडी यसअघि ५ पटक सिफारिसमा परे पनि सचिव बढुवा भएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार