Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रेसपास र अनलाइन नवीकरण प्रदेशमा रहेका हुलाकमार्फत


    सोमबार, मंसिर ८ २०७७
    800
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सूचना तथा प्रसारण विभागले अब प्रेसपास र अनलाइन नवीकरण गर्ने अधिकार प्रदेशका जिल्ला हुलाक कार्यालय र क्षेत्रीय हुलाक निर्देशनालयलाई समेत दिएको छ ।

    विभागले आइतबार अधिकार प्रत्योजन गर्दै प्रदेशमा रहेका हुलाक कार्यालय र क्षेत्रीय हुलाक निर्देशनालयमार्फत पनि प्रेसपास र अनलाइन नवीकरण गर्ने व्यवस्था मिलाएको विभागका महानिर्देशक किरणराज शर्माले जानकारी दिए ।

    विभागका अनुसार प्रदेश १ को हुलाक निर्देशनालय विराटनगर, प्रदेश २ को जिल्ला हुलाक कार्यालय धनुषा, बाग्मती प्रदेशको जिल्ला हुलाक कार्यालय मकवानपुरबाटै प्रेसपास र अनलाइन नवीकरण गर्ने व्यवस्था मिलाइएको हो ।

    यसैगरी गण्डकी प्रदेशको हुलाक निर्देशनालय कास्की, लुम्बिनी प्रदेशको जिल्ला हुलाक कार्यालय रूपन्देही, कर्णाली प्रदेशको हुलाक निर्देशनालय सुर्खेत र सुदूरपश्चिमको जिल्ला हुलाक कार्यालय कैलालीमार्फत पनि प्रेस पास नवीकरण र अनलाइन नवीकरण गर्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ ।

    कोभिडका कारण स्थगित भएको नवीकरणसम्बन्धी व्यवस्था बुधबारदेखि सुचारु गर्ने र प्रदेशमा रहेका हुलाक कार्यालय र हुलाक निर्देशनालयमार्फत थप सुविधा दिने गरी व्यवस्थापन गरिएको विभागका महानिर्देशक शर्माले जानकारी दिए ।राजधानी दैनिकबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार