बीरगंज । बीरगंजमा नविल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले एक भारतीय नागरिक सहित चार जनालाई हिजो साँझ पक्राउ गरेको छ ।सोमबार विहान बीरगन्जको नबिल बैंक बाइपास शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको थियो । उक्त घटनाको छानबिनको क्रममा प्रहरीले १ भारतीय नागरिक सहित ४ जनालाई नयन्त्रणमा लिई सोधपुछ तथा अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएकाे छ ।
पक्राउ पर्नेमा रौतहटका सञ्जय जयसवाल, छोटेलाल जयसवाल, भारत बिहार घोडासनका मन्टु पासवान र अर्को एक व्यक्ति रहेका छन् । अर्का एक जनाको परिचय भने खुलेको छैन । उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक कुमार विक्रम थापाले बताएका छन् ।
सम्भव भए आज साँझ सम्म पत्रकार सम्मेलन गरेर पक्राउ परेकाहरूलाई सार्वजनिक गरिने बुझिएको छ। उनीहरुलाई आवश्यक अनुसन्धान गर्नु परेकोले प्रहरीले सार्वजनिक गरेका छैन ।
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend