Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाराबाट २१६ किलो गाँजासहित दुई जना पक्राउ


    मंगलबार, बैशाख १८ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बारा । बाराको निजगढ नगरपालिका-१० स्थित सडकबाट अवैध लागूऔषध गाँजा २ सय १६ किलोसहित जितपुरसिमरा उपमहानगरपालिका-२ बस्ने ३२ वर्षीय आकाश लामा समेत २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

    अस्थायी प्रहरी पोष्ट रतनपुर र इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको संयुक्त टोलीले रतनपुरबाट निजगढतर्फ जाँदै गरेको ना.५ ख ७५५२ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा रहेको ७ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक लामा समेत २ जनालाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार