Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेका सुहाङलाई ६६३२ मतको अग्रता


    सोमबार, बैशाख १७ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । इलाम–२ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले ६ हजार ६ सय ३२ को अग्रता लिएका छन् ।

    पछिल्लो मत परिणामअनुसार एमालेका नेम्बाङले २१ हजार ३ सय ८२ मत प्राप्त गरी अग्रता फराकिलो बनाउँदै लगेका छन् । नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १४ हजार ७ सय ५० मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले ९ हजार ९ सय ३७ मत प्राप्त गरेका छन् ।

    यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार मिलन लिम्बूले ३ हजार ६ सय २० मत प्राप्त गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार